IME Life New

माघ २८ गतेबाट जीवन बीमा अभिकर्ता परीक्षा संचालन गर्दै प्राधिकरण, यस्तो छ समय तालिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम माघ २८ गतेबाट फागुन ४ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले माघ २८ गते आइतबार पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, माघ २९ गते सोमबार पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन १ गते मंगलबार पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन २ गते बुधबार पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म संचालन गर्ने भएको छ ।

Esewa
Crest

त्यस्तै, फागुन ३ गते विहीबार पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन ४ गते शुक्रबार पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ः३० बजेबाट दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्ट दिउँसो ३ः१५ बजेबाट ४ः४५ बजेसम्म संचालन हुनेछ ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS