IME Life New

माघ २१ बाट ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आउने, कस्तो छ कम्पनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते पहिलो चरणको आइपीओ ल्याउने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। यो कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्था १८ करोड रुपैयाँबराबरको आइपीओ अनुमति पाएको छ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता आइपीओ जारी गर्नेछ। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८० हजार कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरमा खरिद आवेदन दिन सक्नेछन्।

यो आइपीओको निष्कासन बन्द फागुन ५ गते बैंकिङ समयपछि हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

कस्तो हो कम्पनी ?

गैरआवसीय नेपाली, औषधि व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आबद्ध तथा ईयू फर्म टेक्निकल सपोर्ट रही ओम मेगाश्री फर्मास्युटिकल्सको औषधि उत्पादन गर्ने उद्योग चितवनको भरतपुरमा रहेको छ । कम्पनीले युरोपियन गुड म्यानुफ्याक्सरिङ स्ट्यान्डर्डअनुसार औषधि उत्पादन गर्ने र नेपाल सरकार औषधि व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधि उत्पादनका लागि प्रक्रिया सुरुगरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधि उत्पादन गर्न अनुमति प्राप्त गरिसकेको छ। बाँकी उत्पादन स्वीकृतिको प्रक्रियामा रहेको तथा फर्मास्युटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय कम्पनीले गरेकोले अब अन्य फर्मास्युटिकल्सलाई समेत बाटो खुलेको कुरा कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

कम्पनीको वित्तीय प्रक्षेपण

कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ मा ३ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। यो नाफा आर्थिक वर्ष २०८३।८४ मा ८ करोड ४६ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०३।८४ मा कम्पनीको सञ्चालन आय ६९ करोड ९१ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। चालु आर्थिक वर्षमा भने सञ्चालन आय ३० करोड ३ लाख रहने अनुमान छ।

यसैगरी चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ५.७३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ९८.११ रुपैयाँ र सञ्चित नोक्सान १ करोड १३ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८३।८४ मा भने कम्पनीको प्रतिशेयर आम्दानी १४.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११३.३७ रुपैयाँ र सञ्चित नाफा ८ करोड २ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।

क्रेडिट रेटिङ

केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ पाएको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS