IME Life New

माउन्टेन हाइड्रोको घाटा चुलियो, ‘बीमाको पूरै पैसा नपाउँदा वित्तीय सूचकहरु प्रभावित’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन हाइड्रो नेपालको घाटा चुलिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले ३८ करोड ६२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ५९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १५ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ९२ करोड ४१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ४२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३०.९० रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो ९.१३ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६.०७ रुपैयाँमात्रै रहेको छ।

कम्पनीले बाढीका कारण पुगेको क्षतिको बीमा दाबी रकम पूरै नपाएकोले वित्तीय सूचकहरु प्रभावित भएको जनाएको छ। कम्पनीका अनुसार गत वर्षको बाढीले पुर्याएको क्षतिको बीमा दाबी रकम केही मात्र प्राप्त भएको हुँदा बाँकी भुक्तानी प्राप्त भएपछि वित्तीय सूचकहरुमा सकारात्मक प्रभाव पर्ने कम्पनीको भनाइ छ।

यस वर्ष पनि असोजमा आएकोले बाढीले कम्पनीले निर्माणा गरिरहेको तल्लो हेवा खोला जलविद्युत आयोजना (२२.१ मे.वा.)को बाँध र पावरहाउसमा क्षति पुगेकोले विद्युत उत्पादन बन्द भएको र हाल पुनर्निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ। यसको बाढीले आयोजनामा ४४ करोड ८९ लाख रुपैयाँभन्दा बढी क्षति पुर्याएको र नेपाल लेखामानअनुसार नाफा नोक्सान विवरणमा लेखांकन भई बीमा दाबी प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS