IME Life New

महोत्तरीको औरहीमा बीमा प्राधिकरणको बीमासम्बन्धी अन्तर्क्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार महोत्तरीको औरही नगरपालिकासँग नगर कार्यपालिकाको सभा हलमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा औरही नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार खड्का, विशेष अतिथिकी रुपमा नगर उपप्रमुख रेणु झा, अतिथिका रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्ण र विभिन्न वडाका वडाध्यक्षहरु रहेका थिए।

Esewa
Crest

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, नगरपालिकाका कर्मचारी, अगुवा कृषक, नागरिक समाजका प्रतिनिधि लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधि गरी करिब ७० जनाभन्दा बढीको सहभागिता थियो।

प्राधिकरणका सहायक निर्देशक नर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, कृषि जडीबुटी तथा पशुपन्छी बीमा, लघु बीमालगायतका अन्य विषयका बारे आफ्नो प्रस्तुति प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणपश्चातको छलफल कार्यक्रममा सहभागीहरुले जीवन बीमा, बीमाशुल्क गणना र भुक्तानी अवधि, कृषि तथा विभिन्न बालीको बीमाका बारेमार दाबी भुक्तानी प्रक्रियामा जिज्ञासा राखेका थिए। केही सहभागीले भने कर्मचारी र अभिकर्तालाई पर्याप्त तालिम र अब्बल बनाएमात्रै गुणस्तरीय सेवा प्रवाह हुने धारणा राखेका थिए।

कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा समेत बीमासम्बन्धी जानकारी दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि औरही नगरपालिकाका नगरप्रमुख खड्काले बीमाको सेवा प्रवाहलाई चुस्त बनाउनुपर्ने र सबैले आफ्नो जीवनको र आफ्ना सम्पत्तीहरुको बीमा गर्नुपर्नेमा जोड दिँदै नगरपालिका, प्राधिकरण र बीमकको सहकार्यमा बीमासम्बन्धी थप कार्यक्रमहरु सञ्चालन गरी बीमाको साक्षरता वृद्धिमार्फत नागरिकलाई बीमाको महत्वबारे जानकारी गराउन सके ात्र बीमाको दायरा बढ्ने धारणा राखे। उनले बीमाप्रतिको विश्वसनियता अभिवृद्धि गर्न दाबी भुक्तानीलाई सरल र सहज गर्न अनुरोध गरे।

कृषि बीमाबाट किसानहरुले पूर्ण लाभ लिन नसकेको र यसका लागि कृषि बीमासम्बन्धी साक्षरता अभिवृद्धि गर्दै दावी भुक्तानी प्रक्रियालाई समेत छिटो छरितो र सरल बनाउनुपर्नेमा खड्काले जोड दिए। कार्यक्रम आयोजना गरी बीमाबारे स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्न योगदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई उनले धन्यवाद दिए।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख शर्माले दाबी भुक्तानीलाई सरल गर्नलाई दाबी भुक्तानी निर्देशन जारी भइसकेको जानकारी दिँदै पालिका स्वयंले आफ्ना भौतिक संरचनाको बीमा गरी बीमा अभियानलाई सुरुआत गर्न सुझाव दिए। उनले बीमा गराउँदै गर्दा सेवा र सर्तहरु बुझी बीमा गर्न र बीमाशुल्क तिरेपश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै बीमा कम्पनीका प्रतिनिधिहरुलाई समय–समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS