IME Life New

महिला लघुवित्तको आइपिओ माघ २८ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ। संस्थाले सर्वसाधारण समुहको ४ लाख कित्ता प्राथमिक शेयर छिटोमा फागुन २ गतेसम्म बिक्री खुला गर्नेछ। सर्वसाधारण समुह तर्फको ४ लाख कित्ता मध्ये ५ हजार कित्ता कर्मचारीहरुको लागि, २० हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको तीन लाख ७५ हजार कित्ता सर्वसाधारणहरुलाई बिक्री गर्ने छ।

सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने छन्। लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट आफैले आवेदन दिन सक्ने छन्। प्राथमिक शेयरको निष्काशन पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण शेयरधनी समुहको ४० प्रतिशत र संस्थापक शेयरधनी समुहको ६० प्रतिशत हुनेछ।

Esewa
Crest

संस्थाले २९ वटा जिल्लामा ५३ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल संस्थाको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ रहेको छ। दुई वर्ष पछि यस्तो आम्दानी १०४ रुपैयाँ पुग्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS