IME Life New

महासंघ प्रतिनिधि र अर्थमन्त्रीबीच भेटः निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा अघि बढाउने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अघि बढाउने बताएका छन्। नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाइ दिन अर्थ मन्त्रालय पुगेका नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई उक्त कुरा बताएका हुन्।

महासंघका संयोजक भागिरथ सापकोटाको नेतृत्वमा अर्थमन्त्रालय पुगेका व्यवसायीक टोलीलाई अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रको मनोबल खस्किएको भन्दै अबका दिनमा यसलाई उच्च बनाउन सुधारका कामहरु अघि बढाउने बताए। ‘अर्थतन्त्रको मुख्य इन्जिनको रुपमा रहेको निजी क्षेत्रलाई साथमा नलिई सरकार अघि बढ्न सक्दैन’, उनले भने, ‘मलाई थाहा छ अहिले निजी क्षेत्रको मनोबल खस्किएको छ तर अबका दिनमा यहाँहरुको मनोबल उकास्दै अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्नेछु।’

Esewa
Crest

यसैगरी अर्थमन्त्रमा जेजति समस्या देखिएका छन् सो विषयमा सरकार र निजीक्षेत्र एकै ठाउँमा बसेर निकास निकाल्नु पर्ने अर्थमन्त्री पौडेलले बताए। ‘हामी छलफलको सुरुआत गर्दै छौँ, अब विषयगत रुपमा समस्या पहिचान गरी समाधान गर्नुपर्छ,’ उनले भने, ‘अहिले देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रलाई गतिमा ल्याउन सरकार र निजीक्षेत्रबीचको निरन्तर छलफललाई जारी राख्नुपर्छ।’

कार्यक्रममा महासंघका संयोजक सापकोटाले अहिले निजी क्षेत्र ठूलो मसस्यामा परेको यसलाई समाधान गर्न सरकारले तत्काल अग्रसरता दिनुपर्ने बताए। यसअघि पनि विष्णु पौडेल अर्थमन्त्री हुँदा शेयर बजारलगायत अर्थतन्त्रका सुचकहरुले उच्च विन्दु छोएको भन्दै अबका दिनमा पनि निजी क्षेत्रलाई साथमा लिएर काम गर्न आग्रह गरेका थिए।

भेटघाटमा संयोजक सापकोटाका साथै महासचिव बालकृष्ण सिवाकोटी, कोषाध्यक्ष डिमप्रकाश पौडेल, कार्यालय प्रमुख सुवर्ण श्रेष्ठ, प्रचार विभाग प्रमुख राम राजा श्रेष्ठलगायतका करिब ३ दर्जन उद्योगीव्यवसायीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS