IME Life New

महासंघद्वारा प्यारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धन सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा कास्य पदक विजेता २१ वर्षीया पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ।

महासंघले गोवद्र्धनलाई ३ लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाासहित सम्मान गरेको हो। गोवर्द्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।

Esewa
Crest

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्द्धन, प्रशिक्षक र म्यानेजरलाई ब्धाइ ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए। साथै, उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्द्धन लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे। ‘नेपाली युवाहरु प्रतिभावान छन्’, उनले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ।’

पेरिस प्यारालम्पिकमा गोवर्द्धनको ऐतिहासिक विजय नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ।

गोवर्द्धननले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुआत गरेकी छन्। यो पदक नेपालका लागि ओलम्पिकमा पहिलोपटक हासिल भएको हो।

गोवर्द्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरुलाई प्रेरित गर्ने बताइन्। महिलाहरुको ५७ केजी के–४४ वर्गमा गोवर्द्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कास्य पदक हात पारेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS