IME Life New

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Esewa
Crest

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पनि बडा महान्यायाधिवक्तामा नियुक्त भएका थिए। उनले करिब ४ महिना महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए।

यसअघि डा दीनमणि पोखरेल महान्यायाधिवक्ता थिए। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनले पनि महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS