IME Life New

महँगो मूल्यमा आइपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङको नाफामा पहिरो, ईपीएस रु. २ मा झर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुकबिल्डिङ विधिबाट महँगो मूल्यमा सर्वसाधारणलाई आइपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङ मिल्सको नाफामा पहिरो गएको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन २०८० असार मसान्तसम्मको तुलनामा ९७.१६ प्रतिशतले कम हो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ करोड ९७ लाख रुपैयाँ रहेको छ। २०८० असार मसान्तसम्मको कम्पनीको सञ्चालन मुनाफा १ अर्ब २४ करोड ३ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि यो ९ महिनामा ६७.७७ प्रतिशतले घटेको छ।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि ३०.०१ प्रतिशतले घटेर ७ अर्ब २१ लाख रुपैयाँमा खुम्चिएको छ। २०८० असार मसान्तसम्म कम्पनीको आम्दानी १० अर्ब ५८ लाख रुपैयाँ थियो।

१ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस)मा पनि भारी गिरावट आएको छ। २०८० असार मसान्तसम्म ईपीएस ५४.३४ रुपैयाँ रहेकोमा चैतसम्म घटेर २.०८ रुपैयाँमा खुम्चिएको छ।

कम्पनीले यही असार २७ गतेबाट सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्दैछ। प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको छ।

बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि खरिद आवेदन दिन पाउँछन्। यस हिसाबले यो कम्पनीको आइपीओ खरिद गर्न सर्वसाधारणले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

80%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS