IME Life New

महँगो भयो आइपीओ, रिलायन्स स्पिनिङको ५० कित्ता भर्न ४१०४० रुपैयाँ चाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो दुई वर्षको समयावधिलाई नियाल्ने हो भने नेपालको शेयर बजारमा आइपीओको बाढी नै आएको छ। प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण पनि उस्तै बढेको पाइन्छ।

प्राथमिक बजारमा १०० रुपैयाँमै आइपीओ पाइने भएपछि लगानीकर्ताको आकर्षण बढेको हो। तर, केही समययता प्रिमियममा आइपीओ आउन थालेपछि सर्वसाधारणले प्राथमिक शेयरमा गर्ने लगानीको लागत पनि बढ्दै गएको छ। अहिले फेरि बुक बिल्डिङ विधिबाट आइपीओ आउन थालेपछि सर्वसाधारणका लागि प्राथमिक शेयर झनै महँगो हुन थालेको छ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट सुरुमा सर्वोत्तम सिमेन्टलाई आइपीओ ल्याउन अनुमति दिएको थियो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट आइपीओ अनुमति पाएको छ।

रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको शेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ। रिलायन्स स्पिनिङको शेयरको कटअफ प्राइस प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएको छ।

बुक बिल्डिङ विधिअनुसार अब कम्पनीले यो कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्नेछ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई ८२०.८० रुपैयाँमा शेयर जारी गर्नुपर्छ।

बुक बिल्डिङ विधिबाट जारी हुने आइपीओ भर्दा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि खरिद आवेदन दिनुपर्छ। यो हिसाबले रिलायन्स स्पिनिङको आइपीओमा सर्वसाधारणले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।

बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको आइपीओ अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको छ।

अब कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगार र स्थानीयसहित)का लागि बाँकी रहेको ६० प्रतिशत ११ लाख ५५ हजार ९६० कित्ता शेयर बिक्रीमा ल्याउनेछ।

यसअघि सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खुला गर्दा प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ प्राइस कायम भएको थियो। जसमा १० प्रतिशत छुट दिएर कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगारमा रहेका नेपाली र स्थानीयसहित)का लागि प्रतिकित्ता ३६०.९० रुपैयाँ कायम गरेको छ। यो कम्पनीको शेयरमा सर्वसाधारणले ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

16%
happy

खुसी

23%
sad

दु :खी

2%
amazed

अचम्मित

9%
excited

उत्साहित

49%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS