IME Life New

मर्ज भन्दै कमजोर कम्पनीको शेयर उचालिएर किन्दा जोखिम 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केही समय यता मर्जको “मौसम” सुरु भएको छ। धेरै बैंक तथा वित्तिय सस्थाहरु एक आपसमा गाभिन र आफु भन्दा साना सस्थाहरु गाभ्न निकै कसरतमा लागेका छन्।  यही मौकालाई फाईदा उठाउदै केही खेलाडीले ठुलो लाभ लाग्दै आएका छन्।

मर्ज र प्राप्तिको नाममा साना सस्थाहरुको  नाम ठुला सस्थाहरु संग जोड्दा केही साना विकास बैंक र फाईनान्सको  शेयर मूल्यमा छोटो समयमै निकै ठुलो मूल्य वृद्धि देखिएको छ ।

Esewa
Crest

लगानीकर्ताहरुपनि ठुलो सस्था संग मर्जमा जादै छ भनेर जति पनि मूल्य हाल्न तयार भएको देखिन्छ।  यो प्रकारको प्रवित्तिले निकै ठुलो जोखिम निम्त्याउन सक्छ।

पहिलो जोखिम :

केही समय वित्तिय रुपमा राम्रो नहुँदा हुँदै पनि मर्जमा जाने हल्लाले कम्पनीको शेयर मूल्य निकै वृद्धि भएको छ।  केही  कम्पनीको मूल्य आम्दानी अनुपात ६६ गुणा सम्म पुगेको छ।  त्यस्तै खराब कर्जा ३० प्रतिशत भन्दा माथि भएका र जगेडा कोष ऋनात्मक भएका सस्थाहरुको पनि बजार मूल्य निकै आकाशिएको पाईएको छ।

यदी सो वित्तिय सस्था मर्जमा नजाने कुरो सार्वजनिक भएको वा मर्जमा जाने वार्ता विचमै रद्ध भएमा सो कम्पनीको शेयर मूल्यमा पुन “करेक्सन” आउने सम्भावना देखिन्छ।  मर्जको हल्लाले जुन अनुपातमा मूल्य वृद्धि भएको थियो त्यतिनै अनुपातमा करेस्कन हुन् सम्भवना पनि देखिन्छ।

दोश्रो जोखिम :

ठुलो सस्थाले सानो सस्थालाई मर्ज गर्दा वा प्राप्ति गर्दा शत प्रतिशत स्वाप नै दिन्छ भन्ने हुँदैन।  त्यसैले महँगोमा शेयर खरिद गर्दा ठुलो सस्था नाममा थोरै शेयर प्राप्त हुने र महँगोमा शेयर किन्दा फाईदा नहुन पनि सक्छ।

त्यसैले मर्जको नाममा आधारभूत हिसाबले बलियो नभएका कम्पनीहरुको मूल्य उचालिदा लगानीकर्ताहरु ठुलो जोखिममा पर्ने सम्भावना कम छ।  खेलाडीहरुले यस्तो मौका पारेर आफु संग भएको ठुलो कित्ता शेयर बेच्ने गर्छन।  जसलाई प्राविधिक भाषामा ” पम्प एंड डम्प “ भन्ने गरिन्छ।  त्यसैले यस्तो प्रवित्तिमा कारोवारमा निकै सुक्ष्म भएर लाभ लिनु पर्ने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS