IME Life New

मन्त्री परिषदबाट पहिलो पटक राष्ट्रिय बीमा नीति जारी, बीमा क्षेत्रको प्रवर्द्धनका लागि मार्गदर्शन मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकाे बीमा क्षेत्रलाई मार्ग दर्शन गर्ने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेकाे छ । मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको हो ।

चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा स‌ंघीय सरकारले बीमा क्षेत्रलाई निर्देशित गर्नका लागी बीमा नीति जारी गरिने घोषणा गरेकाे थियो। बीमा ऐन २०७९ काे दफा ५ मा नेपाल बीमा प्राधिकरणकाे काम, कर्तव्य, अधिकार अन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी नेपाल सरकारसमक्ष सिफारिश गर्ने प्रावधान अनुसार प्राधिकरणले नीतिको मस्याैदा तयार पारेको थियो।
नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पाैडेलले शुक्रबारको मन्त्री परिषद बैठकबाट राष्ट्रिय बीमा नीति स्वीकृत भएको जानकारी दिए ।
आम नेपाली समक्ष बीमाकाे दायरा बिस्तार गर्ने र सर्व सुलभ ढंगले बीमाकाे पहुँच पुर्‍याउने नीतिको मुख्य उद्देश्य छ। नीतिकाे कार्यान्वयनकाे सुपरिवेक्षण अर्थ मन्त्रालयले र कार्यान्वयनकाे सुनिश्चितता बीमा प्राधिकरणले गर्नेछ। बीमाकाे पहुँच बिस्तार, बीमामा अनुदान, बीमाकाे दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाकाे उपयाेग लगायतका विषयहरू बीमा नीतिमा समेटिएका छन् । दीर्घकालीन लक्ष्य, मुख्य उद्देश्य र विशेष उद्देश्य परिभाषित गरिएका छन् । साथै निर्दिष्ट उद्देश्यहरु प्राप्तीका लागि अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा पनि बीमा नीतिमा समावेश गरिएको छ। नीतिमा राष्ट्रिय बीमा नीति कार्यान्वयन गर्नकाे लागि आवश्यक संस्थागत संरचनाबारे पनि समेटिएकाे छ।

नीतिमा समावेश गरिएका मुख्य उद्देश्यहरुः

सीमान्तकृत वर्गमा जाने

Esewa
Crest

आधुनिक प्रविधि ल्याउने

प्रभावकारी नियमन गर्ने

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलाउने

बीमालाई प्रविधि मैत्री बनाउने

बीमाकाे जागरण गराउने

स्वास्थ्य उपचारमा आम पहुँच विस्तार गर्न र सर्वसाधारणलाई स्वास्थ्य उपचार खर्चकाे भारबाट मुक्त बनाउनका लागि पहिलाे पटक राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ जारी गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS