IME Life New

मध्यराति अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएछि गएराति नै अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भइसकको र आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

गएराति अचानक प्रम ओलीको मुटुको चाल बढेपछि मध्यराति शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासित एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो । राति देखि नै प्रम ओलीको स्वास्थ्यमा सुधार आइसकेको छ ।

Esewa
Crest

प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्यासिंह शाहको भनाई उदृत गर्दै प्रम ओलीका सचिवालयमा प्रेसको जिम्मेवारी लिएका थापाले सामाजिक सञ्जालमार्फत् प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आर्ज डिस्चार्ज गरिने जनाएका छन् । थापाले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’

प्रम ओलीको गत फागुन २१ गते दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएपछि निवासमै भेटघाटलाई सीमित गरेर स्वास्थ्यलाभ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS