IME Life New

मधेश प्रदेशमा बीमाको पहुँच उल्लेख्य रुपमा बढ्ने गरी कार्य गर्न बीमकहरूलाई अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही कात्तिक १ गते बुधबार मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा सरोकारवाहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियमावली, निर्देशिका र निर्देशनहरूको पूर्ण पालना गर्दै स्वच्छ व्यवसाय गर्न बीमकहरूलाई निर्देशन दिएका हुन् ।

बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्राधिकरणले इस्योरेन्स इन्स्टिच्युट नेपाल लाई तालिम संचालन गर्न लगाउने जानकारी दिँदै अध्यक्ष सिलवालले स्थानीय आवश्यकता अनुरूपको नयाँ बीमालेख ल्याउनका लागि केन्द्रीय कार्यालयसँग आग्रह गर्न, बैंक र बीमा फरक हुन् भन्ने बारेमा सबैलाई बुझाउन र त्रुटी नहुने गरी काम गर्न बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूलाई निर्देशन दिए ।
अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिदै बीमाका सिद्धान्त विपरित बीमा व्यवसाय नगर्न र दाबी भुक्तानीमा समस्या नआउने गरी प्रस्तावको पर्याप्त विश्लेषण गरेर बीमा गर्न समेत निर्देशन दिए ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति जनविश्वास बढ्ने गरी कार्य गर्न र स्वच्छ प्रतिस्पर्धाका आधारमा व्यवसाय गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूले सुशासन कायम गर्दै गुनासो नआउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बी.के. महर्जनले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिए ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गर्नुपर्ने, केन्द्रीय कार्यालयले निश्चित अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्राधिकरणबाट हालै जारी गरिएको सम्पत्ति बीमा निर्देशिकामा धेरै सुधार भए पनि केही विषयहरू अझै स्पष्ट पार्नुपर्ने, कोरोना बीमाको बाँकी दाबी भुक्तानी गर्न ढिलाई गर्न नहुने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा मधेश प्रदेशस्थित बीमकका प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू र सरोकारवालाहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS