काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै साढे २ अर्ब बढी प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले मंसिर महिनामा २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । कम्पनीले यस अवधिमा ६६ करोड ६९ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४१ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा २८ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ ।
यता सूर्यज्योति लाइफले २१ करोड २ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । हिमालयन लाइफले १९ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । सिटिजन लाइफले १४ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १३ करोड २८ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ ।
त्यस्तै, एशियन लाइफले ११ करोड ९४ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । आइएमई लाइफले १० करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । मेट लाइफले ९ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ८ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । सन नेपाल लाइफले ८ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेको छ ।

















