IME Life New

भ्रष्टाचारीको अनुहार हेर्दिन भन्दै प्रम रिसाएपछि बाँस्कोटाद्वारा राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडभन्दा बढि कमिशन डिल गरेको अडियो सार्वजनिक भएसँगै सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजिनामा दिएका छन् ।

बालुवाटार स्रोतका अनुसार बिहिवार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्ने तयारी गरेपछि सञ्चार मन्त्री बाँस्कोटाले हतार हतार राजिनामा दिएका हुन् । राजिनाका दिएपछि पनि बाँस्कोटाले ट्वीट गर्दै नैतिकताको आधारमा राजिनामा दिएको भन्दै पाठ पढाउन खोजेका छन् ।

Esewa
Crest

स्वीटजरल्याण्डबाट खरिद गर्न लागिएको सेक्युरिटी प्रेस खरिदका लागि डिल गर्दा ७० करोड रुपैयाँ कमिशन लिने भन्दै स्वीस एजेन्ट बिजय मिश्रसँग गरेको कुराकानीको अडियो संवाद बाहिरिएसँगै सञ्चारमन्त्री बाँस्कोटाको पद धरापमा परेको थियो ।

बिहिवार विहान प्रचण्डसँगको छलफल पछि बाँस्कोटालाई बोलाएर राजिनामा दिने कि बर्खास्त गर्ने भनि सोधेको बालुवाटार स्रोतको दावी छ । भ्रष्टाचारविरुद्धमा अनुहार नहेरी एक्सन लिने पटक पटक प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले बालकोटस्थित आफ्नै घरमा राखेका बाँस्कोटालाई सार्वजनिक अभिव्यक्ति दिएजस्तै अनुहार नै नहेरी बर्खास्त लागेका थिए । स्रोतका अनुसार प्रम ओलीले उक्त अडियोको आवाज सक्कली हो कि नक्कली भनेर सोधेका थिए । जवाफमा आवाज त मेरो जस्तो लाग्छ भनेर जवाफ दिने बिक्तिकै प्रधानमन्त्री ओलीले आजै बर्खास्त गर्ने चेतावनी दिएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिन बाध्य भएका हुन् । बिहिवार नै राष्ट्रपति कार्यालय एक सूचना जारी गर्दै बाँस्कोटाको राजिनामा प्रधानमन्त्री ओलीले स्वीकृत गरेकाले सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS