IME Life New

भोलि साधारणसभा गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले भोलि कात्तिक २९ गते ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिस्टर्ड कार्यालय अमिर भवन, कमलादी, काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिको अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐनको दफा १०५ उपदफा १ को ‘ग’ कार्यान्वयन गर्ने उल्लेख छ । उक्त दफाको उपदफामा कम्पनीको कर्मचारी वा आफ्नो वर्गमा एक लाख रुपैयाँ वा कम्पनीको विगत तीन आर्थिक वर्षको सरदर खुद मुनाफाको एक प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ, सो रकमभन्दा बढी रकमको चन्दा, अनुदान वा दान दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेपनि मूल्य उच्च भएको विरोधपछि हाल स्थगित गरिएको छ । सरकारको निर्देशनमै कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डले स्थगित गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS