IME Life New

भोलिदेखि लोकल बस र ट्याक्सी खुल्ला गर्ने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले एउटा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता युवराज खतिवडाले भोलि शुक्रबारदेखि लागू हुने गरी जिल्लाभित्रका सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गत असार २३ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको जनाएका हुन् ।

सरकारले सामाजिक दुरी, स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधानहरु सञ्चालन गर्न दिने निर्णय गरेको जनाएको हो । विकास समितिको हिजो बसेको बैठकले भाडाका ट्याक्सी खुल्ला गर्न सरकारलाई निर्देशन दिएको थियो । स्थानीय रुटमा सञ्चालित सार्वजनिक यातायातका साधनका सवारी चालकहरुले अनिवार्य रुपमा मास्क लगाएर सवारी चलाउनुपर्ने, बसमा स्यानिटाईजर राख्नुपर्ने, ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने व्यवस्था कडाईका साथ लागू गर्न भनेको छ ।

Esewa
Crest

त्यस्तै, सार्वजनिक सवारीको भाडादर ५० प्रतिशत बृद्धि गर्न निर्णय गरेको छ । नयाँ व्यवस्था अनुसार १५ रुपैयाँ भाडादर रहेको रुटमा २२ रुपैयाँ न्यूनतम भाडा लाग्नेछ । त्यस्तिै, ट्याक्सीमा चालक सहित ३ जनासम्म यात्रा गर्न सकिनेछ । यद्यपी एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न भने पाइनेछैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS