IME Life New

भोटेकोशीको बन्जी पुनः सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका कारण गत चैत ११ देखि घोषणा गरिएको लकडाउनसँगै बन्द गरिएको सिन्धुपाल्चोक भोटेकोशीमा रहेको बन्जी जम्प पुनः सुचारु गरिएको छ । बाह्रबिसे नजिकै रहेको द लास्ट रिसोर्टले सञ्चालन गर्दै आएको बन्जी जम्प पुनः सुरु भएको हो ।

सो रिसोर्टले नौ महिनापछि बन्जी जम्प पुनः सुरू गरेको जनाएको छ । कम्पनीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सञ्चालनमा ल्याइएको जनाएको छ ।

Esewa
Crest

२०५६ देखि सञ्चालनमा ल्याइएको १६० मिटरको उक्त बन्जी जम्प नेपालकै पहिलो बन्जी जम्प हो । एक पटक बन्जी गर्दा नेपाली नागरिकलाई ६ हजार र विदेशीलाई ९ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS