IME Life New

भिजिट भिसामा विदेश जानेहरुका लागि सरकारले ल्यायो नयाँ नियम, अब यी कागजात अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले भोलि माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि नयाँ नियम जारी गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले आज एक सूचना जारी गर्दै भिजिट भिसामा विदेश यात्रा जानका लागि नयाँ नियम लागू गरेको हो। यसअघि जारी भएका नियम विभागले खारेज गरेको छ।

Esewa
Crest

अब भिजिट भिसाको अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ। सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ।

यस्तै दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीनपुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने नयाँ व्यवस्था ल्याइएको छ।

नयाँ नियमअनुसार भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिटरक्रेडिट कार्ड) पनि हुनुपर्नेछ।

संयुक्त अरब इमिरेटस (यूएई), बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने नयाँ व्यवस्था सरकारले ल्याएको छ।

यस्तै सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ। विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेले दलालहरूलाई पैसा नदिन आग्रह गरेको हो।

यसैबीच विभागले भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदा आफन्त भेट्ने र घुम्नेलगायत भिसाको उद्देश्यअनुसारका काम मात्र गर्न आग्रह गरेको छ। भिसाको अवधिभित्रै स्वदेश फर्किनसमेत विभागले आग्रह गरेको छ।

भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनका लागि सेटिङको नाममा बिचौलियाले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन विभागले सचेत गराएको छ।

विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी समस्या जानकारी राखेर मात्र भ्रमण गर्न पनि विभागले आग्रह गरेको छ। विदेश यात्रा गर्दा नेपालको विमानस्थलबाट मात्र गर्न विभागले सुझाव दिएको छ।

यात्रा_परामर्श

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS