IME Life New

भिजन लुम्बिनी, चिरख्वा र नेपाल वेयरहाउजिङको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आज बिहीबारदेखि थप ३ वटा नयाँ कम्पनीको शेयर कारोबारमा आएको छ।

भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर बिहीबारदेखि कारोबारमा आएको छ। आज स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यदि यी कम्पनीको शेयर किनबेच भएमा नियमितसत्रका लागि शेयर कारोबारमा आएको हो। प्रिसेसनमा आज प्रतिकित्ता भिजन लुम्बिनी ऊर्जाको ३६५.३० रुपैयाँ, चिरख्वाको ३०० रुपैयाँ र नेपाल वेयरहाउजिङको २०८.८० रुपैयाँमा किनबेच भएको छ।

Esewa
Crest

यी कम्पनीको आइपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छन्।

भिजन लुम्बिनी ऊर्जाको १०० अंकित दरका कुल १ करोड ९१ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ५३ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारी)को ३८ लाख २५ हजार कित्ता (२० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई भीएलयूसीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतममा १२१.७८ रुपैयाँदेखि अधिकतममा ३६५.३४ रुपैयाँ तोकिएको थियो।

यसैगरी नेप्सेमा चिरख्वा हाइड्रोपावरको १०० अंकित दरका कुल ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २८ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारी)को १२ लाख कित्ता (३० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई सीकेएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतममा १००.०१ रुपैयाँदेखि अधिकतममा ३००.०३ रुपैयाँ तोकिएको थियो।

त्यस्तै नेप्सेमा नेपाल वेयरहाउजिङको १०० अंकित दरका कुल ६८ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५५ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी)को १३ लाख ७५ कित्ता (२० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई एनडब्ल्यूसीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतममा ९४.०४ रुपैयाँदेखि अधिकतममा २७९.१२ रुपैयाँ तोकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS