IME Life New

भारी अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। बजार ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा बन्द भएको छ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा नयाँ सरकार गठन हुनुअघि शेयर बजारमा चमक देखिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् भने अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा रहेको छ। विष्णु पौडेल अर्थमन्त्री बन्ने लगभग पक्काजस्तै भएकै कारण लगानीकर्ताको मनोबल बढ्दा शेयर बजार उकालो लागेको हो।

Esewa
Crest

भारी अंकले बढेको बजारमा आज २०१ कम्पनीको शेयरभाउ उकालो लागेको छ। यो दिन ३६ कम्पनीको शेयरभाउ घट्दा ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ७ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक किनबेच जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः २४ करोड २७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड २७ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकको संस्थापक शेयरः २० करोड ७५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १९ करोड १७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड १४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड ३८ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १२ करोड २० लाख रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ११ करोड ६६ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्टः ९ करोड २२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९ करोड १३ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS