IME Life New

भारत फर्किन थाले नेपाली श्रमिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मोहन जोशी/न्युज कारखाना

धनगढी । दसैँको रमाइलो सकिन नपाउँदै नेपालीहरू भारत जान थालेका छन् । दसैँका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका उनीहरू राम्रोसँग दसैँ मनाउन नपाउँदै भारत फर्कन थालेका हुन् ।

‘यता बसेर न त काम पाइन्छ, न त कमाउने जमिन नै छ,’ कैलालीको गोदावरी नगरपालिका–११ का शिवशंकर ओडले भने, ‘बालबच्चा र बुबा आमालाई पाल्नु पर्ने दायित्व ममा छ, उनीहरूको खुसीका लागि दसैँको रमाइलो बिर्सेर भारत जाँदै छु ।’

Esewa
Crest

२५ असोजमा भारतको नोयडा राज्यबाट दसैँ मनाउन नेपाल आएको उनले बताए । ‘घर परिवार र आफन्तसँग रमाइलो गर्ने इच्छा हुँदाहुँदै सबै बिर्सनु परेको छ,’ उनले भने, ‘आफ्नै देशमा रोजगारी पाएको भए यसरी फर्कनु पर्ने थिएन होला ।’

उनी जस्तै धनगढी उपमहानगरपालिका–२ का पदम भट्ट पनि दसैँ राम्ररी मनाउन नपाउँदै रोजगारीका लागि भारत पसेका छन् । दसैँ मनाउन २७ असोजमा उनी धनगढी पुगेका थिए । तर, छुट्टी धेरै नपाइएका कारण राम्ररी दसैँ मनाउन नपाउँदै भारत फर्कनु परेको उनले बताए ।

‘दुई वर्षपछि दसैँ मनाउन घर आएको हुँ,’ उनले भने, ‘आफन्त र नातागोताका सबैलाई भेट्ने र टीका थाप्ने इच्छा थियो, छुट्टी कम भएका कारण सबैलाई बिर्सेर भारत पस्दैछु ।’ भारतको राजधानी दिल्लीमा उनी होटेल क्षेत्रमा कार्यरत छन् ।

कैलालीको गोदावरी नगरपालिका–१२ की ईश्वरी लुहार भने रोजगारीका लागि नभई भारतमै बसेका श्रीमानलाई भेट्न भारत गएको बताउँछिन् । ‘श्रीमान घर नआएको तीन वर्षभन्दा बढी समय भयो’,  शनिबार भारत जाने क्रममा कञ्चनपुरको गौरिफण्टा नाकामा भेटिएकी उनले भनिन्, ‘श्रीमान नआएपछि उहाँलाई भेटेर दसैँको जमरा दिन म आफैँ भारत जाँदैछु ।’ घरमा चार छोराछोरी र सासुससुरा तथा दुई नन्द रहेका उनले बताइन् ।

‘श्रीमान घरमा आए खर्चको अभाव हुन्छ,’ उनले भनिन्, ‘त्यसैले उहाँ नेपाल आउनुहुन्न, यसवर्ष म आफैँ दशंैको जमरा लगेर भारत जाँदैछु ।’ घरमा भएका बुढा सासुससुराले छोरालाई भेट्न नपाएपछि भारतमै भए पनि दसैँको टिका पुर्‍याउने इच्छा राखेपछि आफु सासुससुराको आशिर्वाद ‘जमरा’ लगेर श्रीमानलाई भेट्न भारत जान लागेकी उनले बताइन् ।

स्वदेशमा रोजगारी नपाइने र भारतमा पाइएको राजगारी गुम्ने डरले दसैँ राम्ररी मनाउ नपाउँदै नेपालीहरू भारत जान थालेका हुन् । ‘अहिले भारतका होटेलमा ग्राहक बढी आउने गर्दछन्,’ गोदावरी नगरपालिका–११ का शिवशंकर ओडल भने,’ होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनु पर्दछ, कि त नोकरी छोड्नु पर्दछ ।’

प्रहरीका अनुसार शनिबार (आज) बेलुकासम्म गौरिफटा नाका हुँदै १३४ जना नेपाली भारत गएका छन् । भारत जानेमध्य अधिकांस रोजगारीका लागि गएका नागरिकको तथ्याङ्क राख्दै आएको कञ्चनपुरको परासन पच्गढीया चौकीका जवान ममेन्द्रराज गिरीले बताए ।
‘धेरै मानिस रोजगारीका लागि गौरिफण्टा नाका हुँदै भारत गएका छन्,’ उनले भने, ‘केही उतै परिवार भएका तथा केही उपचारका लागि पनि शनिबार भारत गएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS