IME Life New

भारतमा प्रतिबन्ध लगाइएको टिकटक हङ्कङमा पनि बन्द हुँदै, नेपालमा के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टिकटक हरेक उमेर समुहका मानिसहरुका बीचमा लोकप्रिय एप्स हो । विश्वभरका सरकारी कार्यालय, गैर सरकारी कार्यालय, बैंक, बीमा कम्पनीमा कार्यरत महिला तथा पुरुषहरु टिकटकमा रमाइरहेका भेट्छौं । त्यस्तै विद्यालय, कलेज सबै क्षेत्रमा टिकटकको चर्चा हुने गर्दछ ।

पछिल्लो समय चिनियाँ एप्स भारतमा प्रतिबन्ध लगाइएको छ भने आगामी केही दिनपछि चीनकै हङ्कङ्कमा पनि सेवा बन्द गर्ने घोषणा गरिएको छ । चर्चित र युवापुस्ताका बीचमा मात्रै नभएर बृद्धबद्धाहरु समेत लोकप्रिय रहेको टिकटक विश्वको ठूलो जनसंख्या भएको भारतमा प्रतिबन्ध लगाइनु तथा आफ्नै देश हङ्कङमा सेवा बन्द गर्ने निर्णय गर्नुले टिकटकको भविष्यमाथि समेत प्रश्न चिन्ह उठेको छ । टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने बताएको बीबीसीले जनाएको छ । चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याएसँगै टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइटडान्ससँग छ । विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने उद्देश्यका साथमा यो एपको विकास गरिएकोमा ठूलो जनसंख्या अब टिकटकको पहुँचभन्दा बाहिर हुनेछन् । भारतमा त टिकटक प्रतिबन्ध लगाएका कारण कैयौं मानिसले आत्महत्या नै गर्न सक्ने चर्चा चलेको छ ।

नेपालका लाखौं मानिसहरु दैनिक टिकटकमा रमाउने गर्दछन् । प्रश्न उठ्छ नेपालमा के होला ? नेपालमा हालसम्म टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने वा सो सम्बन्धमा कुनै छलफल र बहस भएको छैन । टिकटकले धेरै सरकारी तथा गैर सरकारी कार्यालयको काममा बाधा परेको गुनासो नआएको होइन । नेपालमा सरकारी कार्यालय, बैंक, बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु दैनिक टिकटक बनाउने गर्दछन् । त्यस्तै कलेज तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु समेत टिकटकमा रमाउने गर्दछन् । टिकटक मनोरञ्जनको साधनको रुपमा आफ्नो कला प्रस्फुटनमा उपयोग हुँदै आएकोले तत्कालै नेपालमा टिकटक बन्द हुने सम्भावना भने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS