IME Life New

भारतको एउटा ब्रोकर कार्यालय जहाँ ब्रोकर कमिसन नै लाग्दैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अन्तरास्ट्रिय दोश्रो बजारका ब्रोकरहरुमा निकै नै धेरै प्रतिष्पर्धा छ।  ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रकारका स्किम संगै ब्रोकर कमिसनमा प्रतिष्पर्धापनि मार्केटिङ्गको एउटा प्रमुख हतियार बनेको छ।  ब्रोकर कमिसनमा प्रतिस्पर्धा संगै निशुल्क शेयर कारोवार गर्ने ब्रोकर कम्पनीको उदय दिन प्रतिदिन हुँदै छ।

“जेरोधा ” ब्रोकर भारतको शेयर बजारमा शेयर कारोवार गर्न धेरै जस्तो लगानीकर्ताले सुनेको नाम हो । “डिस्काउन्ट” ब्रोकर मध्यकै सबै भन्दा सफल ब्रोकरको रुपमा स्थापना भएको यस ब्रोकर कार्यालयले निकै सस्तोमा शेयर कारोवार सुविधा दिदै आएको छ।

Esewa
Crest

९ लाख ७९ हजार ग्राहक सहित जेरोधा भारतमा सर्वाधिक रुचाईएको स्टक ब्रोकर मध्यको एक हो। जेरोधाको आधिकारिक वेवसाईटमा आधार लिने हो भने “डिलिवरी ट्रेडिङ्ग”मा कुनै पनि प्रकारको  ब्रोकर कमिसन लाग्दैन। डिलिवरी ट्रेडिङ्ग भनेको शेयर खरिद गर्ने व्यक्तिको डिम्याटमा शेयर जाने कारोवार प्रणाली। सामान्य भाषामा भन्दा नेपालमा अहिले भैरहेको कारोवार प्रणाली डिलिवरी ट्रेडिङ्ग हो । जेरोधाबाट शेयर खरीद बिक्री गर्दा कुनै पनि प्रकारको ब्रोकर कमिसन तिर्नु पर्दैन।

त्यस्तै एकै दिन शेयर किनेर एकै दिन बेच्ने कारोवारलाई “ईण्ट्राडे कारोवार” भनिन्छ। जेरोधा ब्रोकरले “ईण्ट्राडे” कारोवारमा २० रुपैया वा ० दशमलव ०१ प्रतिशतमा जुन थोरै हुन्छ त्यति कमिसन दर लागु गरको छ। नेपालमा भने “ईण्ट्राडे कारोवार” हुदैन।
हेरौ जेरोधा ब्रोकरको कमिसन:

 

कारोवारको हिसाब किताब :

Zerodha ब्रोकरबाट तपाईले प्रति कित्ता सयको दरले १०० कित्ता शेयर किन्नु भयो र केही समय पछि प्रति कित्ता १०० को हिसाबले बेच्नु भयो भने तपाईलाई २० रुपैया ७३ पैसा मात्र नोक्सान हुन्छ। जबकी १०० कित्ता किन्दा र बेच्दा तपाइले २० हजारको कारोवार गर्नु भएको छ।  यसरी बिना ब्रोकर कमिसन तपाईले शेयर खरिद गर्न सक्नु हुन्छ।

 

श्रोत : https://zerodha.com/brokerage-calculator

Zerodha ब्रोकरले कारोवार खाता खोलेको सुरुमा  २०० रुपैया लिने गर्दछ।  डिम्याट खाता खोलेको १०० रुपैया लिने गर्दछ।  कारोवार खाताको वार्षिक सेवा शुल्क तिर्नु पर्दैन भने डिम्याट खाताको वार्षिक ३०० रुपैया सेवा शुल्क तिर्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS