IME Life New

भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम भएको छ । सोमबार दुई पालिकाबीच एक औपचारिक कार्यक्रमका बीच महानगर सभाहलमा भगिनी सम्बन्ध कायम भएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरे । अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुनेछ । साथै दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने अपेक्षा लिइएको छ । दुई स्थानीय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ ।

Esewa
Crest

दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिचमा औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । दाङको राप्ती गाउँपालिका र भरतपुरबिच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालको भनाई थियो ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाउँपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए ।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र राप्ती गाउँपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गरिने उल्लेख गरिएको छ ।

दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरूलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, उद्यमशीलतामा वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रवद्र्धन र विकास गर्ने लगायतका विषय समझदारी पत्रमा उल्लेख गरिएको छ ।

राप्ती गाँउपालिकाले बधिया भालेको बजारीकरणमा सहयोग गर्न भरतपुर महानगरलाई आग्रह समेत गरेको छ । गाँउपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रोत्सहान गर्न अनुदान पनि दिदै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS