IME Life New

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको प्रतिवेदन सर्वसम्मत अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाले चैत्र १६ गते चितवन उद्योग संघको सभाहलमा भ्रमण वर्ष–२०२४ मूल समारोह समितिको बैठकमा फागुन १८ गते नारायणी नदी किनार प्रर्दशनी किनारमा भएको उद्घाटन कार्यक्रमको प्रतिवेदन पेश गरेको थियो ।

बैठकले उद्घाटन कार्यक्रम अभूतपूर्वरुपले सम्पन्न भएको निष्कर्ष निकाल्दै पेश भएको प्रतिवेदन सर्वसम्मतरूपले अनुमोदन गरेको थियो।कार्यक्रमको समुद्घाटन हुनुपूर्व महानगरका विभिन्न वडाहरूबाट विविध समूहको सहभागिता रहेको बृहत् र्यालीसहित झाँकी प्रदर्शन भएको र विहान ११ बजेबाट शुरु भई दिउँसो ३ बजेसम्म जारी ¥र्यालीमा महानगरको विविधता झल्कने गरी उत्साहजनक सहभागिता रहेको थियो ।

Esewa
Crest

करिब एक लाख भन्दा बढी भरतपुर महानगरवासीको उपस्थितिमा “भरतपुर भ्रमण वर्ष, २०२४” को उद्घाटन समारोह सञ्चालन भएको महानगरले विज्ञप्तीमा उल्लेख गरेको छ ।

पर्यटन पूर्वाधारको विकास र पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनबाट यस क्षेत्रको आर्थिक गतिविधिलाई गति प्रदान गर्ने, कोरोना कहरबाट शिथिल पर्यटन व्यवसायलाई क्रियाशील तुल्याउने, भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अभिवृद्धि गर्ने तथा प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको व्यापक प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाइ अवधि बढाउने उद्देश्यले भरतपुर महानगरपालिकाको ७७ औं नगर कार्यपालिकाको वैठकले निजी क्षेत्र लगायत पर्यटन सम्बद्ध सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०२४ लाई “घुमौं भरतपुर” भन्ने मूल नाराका साथ भरतपुर भ्रमण वर्षको कार्यक्रममार्फत् बृहत् प्रवर्द्धनात्मक महाभियान सञ्चालन गर्ने निर्णय भए पश्चात सम्बद्ध क्षेत्रसँगको सहकार्यमा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिंदै आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यस्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूबाट पूर्व प्रधानमन्त्रीहरु, पूर्व उपप्रधानमन्त्री, प्रतिनिधि सभा राष्ट्रिय सभा तथा प्रदेशका माननीय सदस्यहरू लगायत विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थितिका बीच “भरतपुर भ्रमण वर्ष, २०२४” को भव्य र सभ्य रुपमा समुद्घाटन भएको कुरा सर्वविदितै छ–विज्ञप्तीमा भनिएको छ ।

समुद्घाटन कार्यक्रममा देखिएको अभूतपूर्व उल्लास र उत्साहलाई कायम गर्दै भरतपुर भ्रमण वर्ष २०२४ लाई आगामी दिनमा पनि सोही रुपले निजी क्षेत्र, आम महानगरवासी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा रहेका शुभचिन्तकहरूको साथ, सहयोग र सक्रियताका लागि हार्दिक अपिल गर्दछौं–महानगरद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS