IME Life New

भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन आग्रह, अटेर गरे कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन आग्रह गरेको छ।

काठमाडौं प्रशासनले आज एउटा सूचना जारी गरेर यस्तो आग्रह गरेको हो। विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएकोप्रति प्रशासनको ध्यानाकर्षण भएको छ। ‘सामाजिक व्यवहार ((सुधार) ऐन र नियमावलीले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको सर्वविदितै छ’, सूचनामा भनिएको छ, ‘तसर्थ आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवं भड्किलो कार्यक्रम सञ्चालन नगर्न र नगराउन आग्रह छ।’

Esewa
Crest

तीजमा त्यस्ता तडकभडकसहित खर्चिला कार्यक्रम भएमा ऐनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS