IME Life New

भगवती हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस शेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो असोज १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS