IME Life New

ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न माग गर्दै लगानीकर्ताले बोर्डमा बुझाए ज्ञापन पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्रोकर कमिशन घटाउनु पर्ने माग राख्दै लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरूले आज धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन्। नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहका प्रतिनिधिहरूले संयुक्त रुपमा ब्रोकर कमिशन घटाउनु पर्ने माग राख्दै बोर्डमा ज्ञापन पत्र बुझाएका हुन् ।

ब्रोकर कमिशन ० दशमलव २५ प्रतिशत कायम गरी लगानीकर्ताहरुको लगानीको लागत कम गराउँदै नेपालको पूँजीबजारमा भित्रिने नयाँ युवा पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्नुपर्ने, छरिएर रहेका पूँजीलाई एकीकृत गर्दै सो पूँजीलाई राष्ट्र निर्माणको लागी जोहो गर्नुपर्ने लगानीकर्ता सङ्गठनका प्रतिनिधिहरूले बताएका छन्।

Esewa
Crest

त्यस्तै, ज्ञापनपत्रमा पूँजी बजार चलायमान बनाउँदै, नेप्से धितोपत्र बोर्ड,सिडिएसी र ब्रोकरको पनि आयमा गुणत्मक बृद्धि हुनेछ र राष्ट्रलाई पनि पूँजीगत लाभकर अझै बढी प्राप्त भई सबै लगानीकर्ताहरुले सरकारलाई कर तिरेर गौरवान्वित हुने वातावरणको सृजना गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS