IME Life New

ब्याज आम्दानी बढ्दा पनि सीआईटीको खुम्चियो नाफा, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार सीआईटीले समीक्षा वर्षमा १ अर्ब १० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सीआईटीले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा नाफा ९.९१ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा सीआईटीले ४४ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष सीआईटीको खुद ब्याज आम्दानी ३७ करोड १ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा सीआईटीको व्यवस्थापन खर्च बढेर ३२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ३० करोड ८३ लाख रुपैयाँ थियो।

शेयरपुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ रहेको सीआईटीको जगेडा कोषमा १८ अर्ब १५ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जगेडा कोषमा १३ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ रहेको थियो। जगेडा कोषको आकार ३५.७९ प्रतिशतले बढेको छ।

सीआईटीको प्रतिशेयर आम्दानी घटेर २०.७५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २३.०३ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ १७१.४५ रुपैयाँ रहेको सीआईटीको लगानीमा प्रतिफल (आरओई) ८.२० प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS