IME Life New

बोनस शेयर पाउन करबापतको रकम जम्मा गर्न शेयरधनीलाई सानिमा रिलायन्स लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० को १८.३८११ प्रतिशत बोनस शेयरको करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी बोनस शेयरको करबापतको ५ प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको हो। करबापतको रकम जम्मा गरेपछि बोनस शेयर शेयरधनीहरुको खातामा पठाउँदै आएको कम्पनीले जनाएको छ।

Esewa
Crest

कम्पनीको गत असोज २३ गते सम्पन्न सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९।८०को मुनाफाबाट कायम चुक्तापुँजीको १८.३८११ प्रतिशत बोनस शेयर अनुमोदन गरेको थियो। साबिक सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिएर सानिमा रिलायन्स लाइफको नामबाट २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो।

आयकर ऐनमा भएको व्यवस्थाबमोजिम गाभिएको मितिमा कायम शेयरधनीहरुलाई गाभिएको मितिबाट २ वर्षसम्म वितरण गरेको लाभांशमा कर लाग्दैन। तर, एकीकृत कारोबार मितिपश्चात दोस्रो बजारबाट भएको शेयर कारोबारबाट प्राप्त शेयरको बोनस शेयरमा लाभांश कर लाग्ने भएको व्यवस्था रहेको कम्पनीले जनाएको छ। तिनै शेयरधनीहरुले मात्रै बोनस शेयरको करबापतको रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ।

यस विषयमा थप जानकारी कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय र वेबसाइटमा तथा सानिमा रिलायन्स लाइफको वेबसाइटमा गएर हेर्न सकिन्छ।

यसैगरी आफ्नो शेयर धितो बन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको करबापतको रकम जम्मा गर्नुपर्ने भए सोसमेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र प्राप्त भएपश्चात मात्र बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS