IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

प्राधिकरणले आज माघ १७ गते एक सूचना प्रकाशित गर्दै विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्नेबारे जानकारी गराएको हो। इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल (ब्याजदर) उल्लेख गरी ७ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ।

Esewa
Crest

पेस हुन आएका सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले मुद्दति निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा–निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषजस्ता विवरण बैंकहरुले पेस गर्नुपर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS