IME Life New

बैंकले ब्रोकर लाईसेन्स पाए ब्रोकर कम्पनीका कर्मचारीहरुलाई फाईदा हुनसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अहिले बैंकले ब्रोकर लाईसेन्स पाउने कुरा अन्तिम चरणमा पुगेको छ । विभिन्न समाचार माध्यमलाई आधार मान्दा सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने की नदिने भन्ने विषयमा छिटै निर्णय गर्दै छ ।

लगानीकर्ताले गरेका विभिन्न चरणका आन्दोलनमा वाणिज्य बैंकका सहायक कम्पनीहरु मार्फत शेयर कारोवार गर्ने लाईसेन्स दिने कुरा आउने गरेकोमा अब केही समय भित्र नै यो कुरा टुङ्गो लाग्ने छ। लगानीकर्ताका अनुसार वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाएमा शेयर बजार विस्तार हुने छ। वाणिज्य बैंकले ब्रोकर लाईसेन्स पाएमा लगानीकर्ता मात्र नभएर हाल ब्रोकर अफिसमा कार्यरत कर्मचारीलाई पनि हुने छ।

Esewa
Crest

हाल ब्रोकर कार्यालयमा काम गर्ने जागिरको खासै आकर्षण छैन । पहिले पहिले शेयर बजारले बुलिस यात्रा समातेको बेला शेयर बजार पनि सिक्न मिल्ने र अलि अलि अर्को ब्रोकरकोबाट कारोवार गरेर पैसा कमाउने रहरले केही युवाहरु शेयर बजारको जागिरमा आवद्ध हुन रहर गर्थे । तर समयसँगै बजारले केही वर्ष यता बियरिस ट्रेण्ड समातेकोमा ब्रोकर अफिसमा काम गर्ने कर्मचारीको तलब बाहेक अरु केही देखिदैन।

ब्रोकर अफिसका कर्मचारीले निकै थोरै तलब पाएको चर्चासँगै  एक पटक ब्रोकर कम्पनीका कर्मचारीको तलबमाथि धितोपत्र बोर्डले हस्तक्षेप गरेको थियो । बैंकमा काम गर्ने साथीभाईको तुलनामा आम्दानी र सुविधा थोरै भएको कारणले होला  ब्रोकर अफिसमा काम गर्ने धेरै युवाहरु बैंक तथा अन्य क्षेत्र तर्फ केन्द्रित भएको देखिन्छ । ब्रोकर कार्यालयमा जागिरको चार्म नहुनुको मुख्य कारण भनेको तलब, सुविधा र स्थायित्व रहेको छ।

अहिले वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाएको अवस्थामा त्यहाँ पक्कै पनि नयाँ जनशक्तिको आवश्यकता पर्छ। वाणिज्य बैंकका सहायक कम्पनीले आफ्नो प्रमुख कार्यालयमा चाहिने कर्मचारी र देशका प्रमुख आर्थिक शहरमा खोलिने सम्भावित शाखालाई मध्यनजर गर्दै केही कर्मचारी माग गर्न सक्छन । कर्मचारी आवश्यकतामा उनीहरुले पक्कै पनि अनुभवलाई पनि एउटा प्राथमिकतामा दिने छन्। यससँगै अहिलेका ब्रोकर अफिसमा कार्यरत कर्मचारीहरुले लाभ लिन सक्ने छन् ।

वाणिज्य बैंकका सहायक कम्पनी मार्फत शेयर कारोवार सुरु भए पश्चात ब्रोकर व्यसायमा काम गर्ने कर्मचारीको प्रोफ़ाईल एउटा नयाँ उचाईमा पुग्ने देखिन्छ। विस्तारै मर्चेन्ट बैंकमा जागिर गर्न एउटा युवाको समूह आकर्षित छ, त्यस्तै कुनै दिन शेयर ब्रोकर कार्यालयमा काम गर्न एउटा युवाको समूह पनि आकर्षित हुने सम्भावना पलाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS