IME Life New

बैंकमा १५%ले बढ्यो बीमा कम्पनीको लगानी, कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन) कम्पनीहरुको बैंकहरुमा लगानी १५.१ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ७५ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको ५ खर्ब १५ करोड २ लाख रुपैयाँ लगानी रहेको थियो। यो १० महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी ७५ अर्ब ४० करोड ६४ लाख रुपैयाँले बढेको छ।

Esewa
Crest

यसैगरी यो १० महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी ३६ प्रतिशतले बढेर १ खर्ब ८१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ३३ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ रहेको थियो। सञ्चय कोषको लगानी १० महिनामा ४८ अर्ब २० करोड ४८ लाख रुपैयाँले बढेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी ११.७ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब १६ करोड ११ लाख रुपैयाँमा झरेको छ। गत असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड ३ लाख रुपैयाँ थियो।

वैशाखसम्म व्यक्तिगत निक्षेपको आकार पनि ९.१ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ५९ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ रहेकोमा वैशाख मसान्तसम्म बढेर ३८ खर्ब ८१ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो। यो हिसाबले बैंकहरुमा लगानी गर्ने संस्थागत लगानीकर्ताको प्रतिफल बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS