IME Life New

बैंकका कर्मचारीको तलब बढ्दै, बीमाका कर्मचारीको कहिले बढ्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । चालु आर्थिक वर्षमा निजामति कर्मचारीको तलब २० प्रतिशतले बृद्धि गरिएपछि बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको तलब पनि सोही अनुपातमा बृद्धि गर्न व्यवस्थापनलाई दवाव बढिरहेको छ ।

केन्द्रीय बैंकले सबै बाणिज्य बैंक तथा विकास बैंकहरुलाई कर्मचारीहरुको तलब २० प्रतिशत हाराहारीमा बृद्धि गरे हुने भन्ने आशय राखेको छ । यद्यपि राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले इन्स्योरेन्स खवरसँग भने, ‘कर्मचारीको तलबबृद्धि गर्ने कुरा सम्बन्धित बैंक आफैले निर्णय गर्ने हो, त्यस विषयमा हामीले कुनै पनि निर्देशन जारी गरेका छैनौं ।’ बैंकिङ क्षेत्रमा जनशक्ति टिकाउन पनि तलब बृद्धि अनिवार्य रहेको जानकारहरु बताउँछन् ।

Esewa
Crest

बैंकर्स एशोसिएशनमा कर्मचारीहरुको तलब बृद्धिको सम्बन्धमा अनौपचारिक छलफल भएको छ । ढिलो चाँडो तलव बृद्धि हुने कर्मचारी संघका नेताहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले तल्लो तहमा कार्यरत कर्मचारीको तलब बढाउनको लागि अप्रत्यक्ष रुपमा दवाव दिदैँ आएको समेत बताइन्छ । यद्यपि राष्ट्र बैंकका प्रबक्ता निरौलाले भने उक्त कुराको खण्डन गरे ।

उता, बैंकिङ क्षेत्रमा तलब बढेपनि बीमा क्षेत्रका कर्मचारीहरुले पनि चालु आर्थिक वर्षको साउन महिनादेखि बढेको तलब आशा गर्न थालेका छन् । बीमा कम्पनीहरुमा जनशक्तिको ठूलो अभाव छ । बीमा कम्पनीका कर्मचारी टिकाउन धौ धौ पर्ने गरेको गुनासो अधिकांश सिईओहरुको छ । केही अघि बीमक संघको बैठकमा कर्मचारीलाई नियुक्ती दिँदा अर्को कम्पनीको हिसाब किताब चुक्ता गरेको सिफारिस लिने आचार संहिता लागू गर्ने सम्बन्धमा छलफल भएपनि निर्णय भइसकेको छैन । बीमा क्षेत्रका कर्मचारीहरुको तलव लामो समयदेखि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS