IME Life New

बेग्लाबेग्लै समूहको प्रदर्शनको त्रासमा राजधानीका अधिकांश विद्यालय बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।व्यापारी दुर्गा प्रसाई‌ं र नेकपा एमालेका कार्यकर्ता महेश बस्नेतको हठका कारण म‌ंसिर ७ गते बिहीबार तनावपूर्ण अवस्था सिर्जना हुन सक्ने त्रासका बीच काठमाडाैं र ललितपुर जिल्लाका अधिका‌ंश विद्यालय बन्द गरिने भएका छन् ।

निजी विद्यालयको व्यवस्थापनले बिहीबार यातायात व्यवस्था प्रभावित हुने कारण जनाउँदै विद्यालय बन्द हुने सूचना एसएमएम र विद्यालयको आधिकारिक एप्समार्फत् पठाएका छन् । विद्यालय बन्दको सूचना नगरेका विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक पनि बिहीबार अप्रिय घटना हुनसक्ने त्रासमा विद्यालय नपठाउने निर्णय लिन बाध्य छन् ।

Esewa
Crest

राष्ट्र, राष्ट्रियता र धर्म,संस्कृती र नागरिक बचाउ महाअभियान संरक्षण नेपालको ब्यानर बोकेर प्रसाई‌ं नेतृत्वको समूहले काठमाडाै‌ंमा सरकार विरोधी प्रदर्शन गर्ने घोषणा गरेको छ। महेश बस्नेत नेतृत्वमा यूवा स‌ंघ नेपालले पनि विराेध प्रदर्शन गर्न घोषणा गरेको छ।

प्रसाई‌ंले बल्खु र बस्नेतले तीनकुनेमा प्रदर्शन गर्नेः

यसैबीच राष्ट्र, राष्ट्रियता र धर्म,संस्कृती र नागरिक बचाउ महाअभियान संरक्षण नेपालले एक विज्ञप्ती प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडाै‌ंले प्रदर्शनका लागि तोकेको बल्खुमा विरोध कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै समर्थकहरुलाई काठमाडाै‌ं जिल्लाको सबै नाकाबाट सामूहिकरुपमा प्रदर्शन सहित बल्खूमा भेला हुन आह्वान गरेको छ । विज्ञप्तीमा  परिक्षा नियन्त्रण कार्यालय बल्खुको खुला चाैर, गंगबु चोक, स्वयम्भू, कलंकी, जावलाखेल, सातदोबाटो, किर्तीपुरस्थित त्रिभूवन विश्वविद्यालयको मुख्य द्वार अगाडी र चाबहिल चोकमा बिहान १०ः३० बजे भेला भएर विभिन्न स्थानको परिक्रमा गर्दै बल्खू चाैरमा भेला हुन समर्थकहरुलाई आह्वान गरिएको छ। धार्मिक झण्डा र राष्ट्रिय झण्डा सहित कार्यक्रममा उपस्थित हुन आह्वान गर्दै अन्य झण्डा नबोक्न अनुरोध समेत गरेको छ।

यसैगरी यूवा स‌ंघ नेपालले बानेश्वर र कोटेश्वरको सीमामा पर्ने तीनकुनेमा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS