IME Life New

बुधबारबाट आइपीओ ल्याउँदै सर्वोत्तम सिमेन्ट, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले भोलि पुस २५ गते बुधबारदेखि बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गर्न लागेको हो। त्यसैगरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्नेछ।

Esewa
Crest

कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले छिटोमा माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिन पाउनेछन्।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कस्तो छ ३ वर्षको वित्तीय प्रक्षेपण ?

चालु आर्थिक वर्ष २०८०।८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ २०७.२२ रुपैयाँ रहने अनुमान गरिएको छ। आव २०८१।८२ नेटवर्थ २०४.३३ रुपैयाँ र आव २०८२।८३ १९९.८२ रुपैयाँ कायम हुने कम्पनीको प्रक्षेपण रहेको छ।

यसैगरी चालु आर्थिक वर्ष २०८०।८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी (ईपीएस) १७.८२ रुपैयाँ रहने अनुमान गरिएको छ। आव २०८१।८२ मा ईपीएस २२.११ रुपैयाँ र आव २०८२।८३ मा २५.४९ रुपैयाँ कायम हुने कम्पनीको प्रक्षेपण रहेको छ।

आगामी ३ वर्ष अर्थात आव २०८२।८३ मा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ८ अर्ब ७२ करोड पुग्ने प्रक्षेपण गरिएको छ। आव २०८२।८३ मा नाफा पनि बढेर १ अर्ब १८ करोड रुपैयाँ हुने अनुमादन गरिएको छ। अघिल्लो २ वर्षमा भने कम्पनीको आम्दानी क्रमशः ७ अर्ब ८९ करोड रुपैयाँ र ८ अर्ब १४ करोड रुपैयाँ कायम हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै आव २०८०।८१ मा नाफा ८२ करोड ८४ लाख रुपैयाँ र आव २०८१।८२ मा १ अर्ब २ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा सर्वोत्तम सिमेन्टको सिमेन्ट उत्पादन क्षमता ७५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता ८२ प्रतिशत रहने अनुमान गरिएको छ। आव २०८१।८२ मा सिमेनट उत्पादन क्षमता बढेर ८० प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ८६ प्रतिशत तथा आव २०८२।८३ मा सिमेन्ट उत्पादन क्षमता बढेर ८५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ९० प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ। कुल बिक्रीमध्ये निर्यात प्राप्त हिस्सा क्रमशः १० प्रतिशत, १५ प्रतिशत र २० प्रतिशत हुने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०७९।८० सम्म जगेडामा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने आइपीओ बिक्रीपछि चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।

शेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यमस्तरको क्षमता रहेको कम्पनी जनाउँछ।

सर्वोत्तम सिमेन्टको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

44%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS