IME Life New

बुद्ध एयरले १६ वर्ष उडाएर ‘एटीआर ४२’ विमानको गर्यो बिदाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन एआईएन) विमानको मंगलबार बिदाइ गरेको छ। अब यो विमान बुद्ध एयरले नउडाउने भएको हो।

बुद्ध एयरले १६ वर्ष उडाएर उक्त विमानको बिदाइ गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा राखेको छ। बुद्ध एयरका कर्मचारीले विमानस्थलमा वाटर स्यालुटसहित विमानको बिदाइ गरेका थिए।

Esewa
Crest

एटीआरको नियमअनुसार ७० हजार साइकल पूरा गरेपछि विमानको व्यावसायिक उडान गर्न पाइँदैन। सोही साइकल पूरा गरेकोले बुद्ध एयरले उक्त विमानको उडाउन बन्द गरेको हो।

बुद्ध एयरका अनुसार नेपालमा मात्र ४७ सिटे उक्त जहाजले ४० हजार साइकल उडान गरेको छ। नेपालमा सन् २००८ सेप्टेम्बर १७ मा यो विमानले माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको थियो। विमानले आज अन्तिम माउन्टेन फ्लाइट गरेको छ।

यो विमान सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS