IME Life New

बीमा समिति प्रति सञ्चालक आक्रोशित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


बीमा कम्पनीका सञ्चालकले आफनै बीमा कम्पनीमा आफैले बीमा गर्न नपाउँने समितिको व्यवस्था प्रति आक्रोश व्यक्त गरेका छन् ।

बुधबार सगरमाथा इन्स्योरेन्स कम्पनीको अनलाईन बीमा पोलिसी खरिद सेवाको शुभारम्भ गर्दै कम्पनीका अध्यक्ष आरके मानन्धरले आफनो कम्पनीमा आफैले बीमा गर्न नपाउँने भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् ।

Crest

कार्यक्रममा बोल्दै अध्यक्ष मानन्धरले सञ्चालकले आफनै कम्पनीमा बीमा गर्न नपाउँने बीमा समितिको प्रावधान गलत भएको बताए । ‘बरु समितिले कडा निगरानी गर्न सक्छ । आर्थिक अनियमितता भए जरिवाना गर्न सक्छ । तर, यसरी ढोका नै बन्द भने गर्नु हुँदैन,’ उनले भने ।

त्यस्तै, नेपालको बीमा क्षेत्रले ठूलो फड्को मारेको बताए । छोटो अवधिमा नै बीमा क्षेत्र प्रविधिको युगमा प्रवेश गरेको छ । बीमा क्षेत्रको थप प्रगतिको लागि कम्पनीहरुले समयमा नै भुक्तानी गर्नुपर्ने उनले सुझाव दिए । ‘बीमा भनेको विपतको साथी हो । त्यस्तो अवस्थामा भुक्तानी गरेनौ भने कम्पनीको विश्वास गुम्छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS