IME Life New

बीमा समिति कुल बीमा शुल्क आर्जन र जिडिपी विचको अनुपातलाई योगदान भनेर गलत प्रचार गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कुल ग्रार्हस्थ उत्पादन (जिडीपी) मा कुल बीमाशुल्कको योगदान ३.५८ प्रतिशत रहेको भन्दै गलत व्याख्या गर्ने गरेको छ । विज्ञहरुका अनुसार कुल ग्रार्हस्थ उत्पादनमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनको प्रत्यक्ष रुपमा योगदान रहदैन ।

बीमा समितिले यसरी व्याख्या गर्नु भन्दा कुल ग्रार्हस्थ उत्पादन र कुल बीमा शुल्क आर्जनको अनुपात भन्दा उपयुक्त हुने बीमा विज्ञ डा. रविन्द्र घिमिरे बताउछन् । उनले भने ‘जिडिपी गणनाको आफ्नै नियम हुन्छ । त्यसमा कुल बीमा शुल्क आर्जनलाई प्रत्यक्ष नजोडिने भएकाले योगदान भन्नु भन्दा पनि अनुपात भन्यो भने उपयुक्त हुन्छ ।’

Esewa
Crest

बीमा समितिले वार्षिक प्रतिवेदन, लेख रचना, बीमा क्षेत्रको सुचकांक लगायतका विवरणमा कुल ग्रार्हस्थ उत्पादन (जिडीपी) मा कुल बीमाशुल्कको योगदान भन्दै प्रस्तुत गर्ने गरेको छ । यसले मानिसहरुमा ‘मिस कम्युनिकेसन’ गरिरहेको छ ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) भनेको यो एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । जिडिपीले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ ।  जिडिपीमा सबै प्राइभेट तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात–निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्छन् । जिडिपी साधारणतया वार्षिक रूपमा गणना गरिएको हुन्छ । नेपालमा भने वार्षिक रूपमै गणना गरिन्छ । नेपालको जिडिपी ४३ खर्ब भन्दा माथि रहेको छ ।

बीमा शुल्क आर्जन केबल बीमा कम्पनीहरुले बीमितहरु सँग संकलन गरेको रकम मात्रै हो । जीवन बीमा कम्पनीहरुको हकमा त यो बचत मात्रै हो । निर्जीवन बीमा कम्पनीहरुको हकमा भने आम्दानी हो । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्कलाई नेपालको जिडिपीको आकार सँग भाग गरेर बीमाको योगदान निकाल्ने गरेका छन् । यसरी भाग गरेर आएको भागफल योगदान भन्दा पनि जिडिपीको आकार सँग बीमा शुल्क आर्जनको तुलना मात्रै हो । अर्थात कुल बीमा शुल्कको आकार नेपालको जिडिपीका आधारमा ३.५८ प्रतिशत मात्रै हो ।

तसर्थ योगदान भन्नु भन्दा जिडिपीको अनुपातमा कुल बीमा शुल्क आर्जन ३.५८ प्रतिशत रहेको छ भन्दा उपयुक्त हुने विज्ञहरुको राय छ । विश्वका अन्य मुलुकले कुल बीमा शुल्क आर्जनका आधारमा बीमाको पहुँच भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS