IME Life New

बीमा समितिको आँखा अब तेस्रो पक्ष बीमामा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बीमा कम्पनीहरुले जथाभावी रुपमा तेस्रो पक्ष बीमा गर्न थाले पछि समितिको ध्यान खिचिएको छ । तेस्रो पक्ष बीमालाई नियन्त्रण गर्न समितिले गृहकार्य सुरु गरेको छ । यसको लागी पहिलो चरणमा समितिले कम्पनीहरुलाई नियम भित्र रहेर तेस्रो पक्ष बीमा गर्न निर्देशन दिएको छ ।

समितिले गत साता कम्पनीलाई परिपात्र जारी गर्दै तेस्रो पक्ष बीमा व्यवस्थित गर्न कम्पनीहरुसँग सुझाव मागेको छ । साथै समितिले जथाभावी काउण्टर खोलेर बीमा व्यवसाय नगर्न समेत निर्देशन दिएको छ । निर्देशन नमान्ने कम्पनीहरुलाई कारवाही समेत गरिने समितिले बताएको छ ।
सवारी साधनले अर्को पक्षलाई क्षति पुराएको खण्डमा हुने हानी नोक्सानीलाई कम गर्न गरिने बीमालाई तेस्रो पक्ष बीमा भनिन्छ । तेस्रो पक्ष बीमा सरकारले अनिवार्य गरेको छ । सडकमा सवारी साधन दुर्घटना हुँदा हुने क्षति कारण लामो समयसम्म सडक जाम हुने सर्वसाधारणले दुख पाउँने भएपछि सरकारले यस्तो जोखिमलाई कम गर्न तेस्रो पक्ष बीमा अनिवार्य गरेको हो ।

Crest

तर, बीमा कम्पनीहरुले जथाभावी तेस्रो पक्ष बीमा गर्ने गरेको पाईएको छ । तेस्रो पक्ष बीमा कुनै अभिकर्ताको व्यवस्था नभएपछि कम्पनीहरुले सवारी साधनका सोरुमहरुलाई १ देखि २ सय रुपैयाँसम्म कमिशन दिएर व्यवसाय लिने गरेका छन् । अझ प्रतिस्पर्धा हुँदा कम्पनीहरुले धेरै कमिशन दिएर बीमा व्यवसाय खोसा खोस गर्न थालेका छन् ।
त्यति मात्रै हैन, यातायात कार्यलय अगाडी कम्पनीहरुले माछा पसल जस्तै बीमालेख जारी गर्ने स्टल राखेका छन् । कम्पनीहरुले कर्मचारीहरुले ठेक्कामा राखेर तेस्रो पक्ष बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीहरुले तेस्रो बीमा व्यवसायमा जथाभावी गरेपछि समितिले कडाई गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS