IME Life New

बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले गर्यो बीमा सम्बन्धी अन्तरक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले असार १८ गते प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री राम ब. मगरको प्रमुख अतिथीमा, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका माननीय राज्यमन्त्री सृजना राई तथा प्रदेश योजना आयोगका उपाध्याक्ष डा. राजेन्द्र अधिकारीको विषेश अतीथी सहित प्रदेश सरकारका ६ वटा मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखको आतिथ्यतामा, निप्सका पदाधिकारी तथा बीमकका प्रदेश प्रमुखको उपस्थीतिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले प्रदेश सरकारले दिने सेवालाई बीमामा आवद्ध गरी नागरिकको आर्थिक सुरक्षा गरी जीवन यापन सहज बनाउन सकिने वैकल्पिक विधिहरुको बारेमा जानकार दिएका थिए । साथै प्रदेश सरकारले दिगो बीमा नीति बनाई आफ्नो क्षेत्रको जोखिम पहिचान गरी विशेष वर्ग तथा क्षेत्रलाई लक्षित गरी कार्यक्रम तथा योजना निर्माण गर्न सकिने बताएका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा वन मन्त्रालयका, आन्तरिक मामिला, भौतिक योजना, कृषि तथा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिवहरुले आ आफ्ना विषयगत मन्त्रालयसँग सम्बन्धित विषयका लागि बीमा प्राधिकरणसँग समन्वय गर्ने बताए ।

साथै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले बीमालाई प्राथमिकतामा राखेर आगामी दिनमा प्रदेशका कार्यक्रम तथा योजना बनाइने बताए ।

राज्यमन्त्री सृजना राईले यस्ता कार्यक्रमले पक्कै पनि किसान तथा थोरै आम्दानी हुने वर्गलाई हित गर्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथी आर्थिक मामिला मन्त्री राम बहादर मगरले आगामी दिनमा क्रमशः मन्त्रालयमै बीमा इकाइ गठन गर्ने साथै छिटोभन्दा छिटो बीमा नीती बनाउन आवश्यक प्रक्रिया पुर्याइ निर्माण गरि कोशी प्रदेशमा सिमान्तकृत व्यक्तीको हित लाई मध्यनजर गरी बीमाका कार्यक्रमहरु ल्याइने साथै सम्बन्धित सबै पक्ष आपसमा मिली समस्या सुल्झाउनु पर्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS