IME Life New

बीमा प्राधिकरणको बोर्ड सचिवमा दिनेशलाल कर्ण नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति (बोर्ड)को सचिवमा निर्देशक दिनेशलाल कर्ण नियुक्त भएका छन्।

प्राधिकरण सञ्चालक समितिको आज बैठकले निर्देशक कर्णलाई बोर्ड सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आज आइतबारबाटै लागू भएको छ।

Esewa
Crest

यसअघि बोर्ड सचिवको जिम्मेवारी कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्हाल्दै आएका थिए। उमेर हदका कारण पौडेल सेवा निवृत्त भएपछि बोर्ड सचिवको जिम्मेवारी निर्देशक कर्णलाई दिइएको हो।

तत्काली बीमा समितिमा अधिकृत तहबाट जागिरमा प्रवेश गरेका पौडेल उमेर हकका कारण जेठ १२ गते सेवा निवृत्त भएका हुन्। उनलाई आज प्राधिकरणमा बिदाइ गरिएको थियो। उनले ३ दशक बढी कार्यानुभव हासिल गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

17%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS