IME Life New

बीमा कम्पनी र सर्भेयरले विश्वसनीय ढंगले काम गर्नुपर्छः अध्यक्ष सिलवाल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एक–अर्काका परिपूरक भएकाले दुवै संस्थाले सानातिना समस्या समाधान गर्दै विश्वसनीय ढंगले काम गर्नुपर्ने बताएका छन्।

बीमा प्राधिकरणद्वारा आइतबार काठमाडौंमा आयोजित नेपाल बीमक संघ र नेपाल बीमा सर्भेयर संघसँगको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्। ‘दुवै संघले एकले अर्कालाई बुझ्नुपर्छ, सानातिना समस्या समयमैं समाधान गर्नुपर्छ’, उनले भने, ‘विद्यमान कानुनअनुसार काम गर्नुपर्छ, बीमा क्षेत्रलाई अघि बढाउन संयुक्त रुपमा अघि बढ्नुपर्छ।’

Crest

बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्न पनि अध्यक्ष सिलावालले निर्देशन दिए। ‘बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँड हुनुपर्छ, दुवै संघले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा सर्भेयरको फी तय गर्नुपर्छ’, उनले भने, ‘विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बीमकहरूले बुझ्नुपर्छ।’

अध्यक्ष सिलवालले भने, ‘दुवै संघका पदाधिकारीहरुले नयाँ काम गर्नुपर्यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्यो, कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुनेगरी डिजिटल फ्रेमवर्कमा जोडिनुपर्यो, बीमक र सर्भेयरको कारणले दाबी फर्छ्यौटमा ढिलाइ भयो भन्ने गुनासा आउनुभएन।’

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फी भुक्तानी गर्नुपर्ने बताए।

प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बीमितको हक हित सुरक्षित हुनेगरी बीमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गरे।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेयरको सङ्ख्यामा भएको वृद्धिलाई चुनौतीका रुपमा नभई अवसरका रुरूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा नबीमा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर र बीमकसँग सम्बन्धित समस्या र समाधानसम्बन्धी प्रस्तुति दिए।

यसैगरी नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा सर्भेयरसँग देखिएका समस्या र समाधान उपाय तथा नेपाल बीमा सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालले बीमा सर्भेयर र बीमकबीचको सम्बन्ध, सर्भेयर फी तथा नेपाल बीमा प्राधिकरणसँगको अपेक्षा सम्बन्धी प्रस्तुति दिएका थिए।

बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालबाट सञ्चालित कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) र पुनर्बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS