IME Life New

बीमा कम्पनीमा कसको शेयरभाउ कति बढ्यो ? (डाटासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा लगातार रौनक बढिरहेको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि दैनिकजसो बढिरहेको छ।

आज नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ को विन्दुमा बन्द भएको छ। नेप्सेमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। व्यापार समूह सर्वाधिक ६.८० प्रतिशतले बढेको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृत २६ वटा बीमा कम्पनी (जीवन, निर्जीवन र पुनर्बीमा)मध्ये २५ वटाको शेयरभाउ बढेको भने एउटाको घटेको छ। निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियरको मात्रै शेयरभाउ घटेको हो।

यो दिन जीवन बीमातर्फ नेपाल लाइफको शेयरभाउ सर्वाधिक ३.१५ प्रतिशतले बढेको छ। यो कम्पनीको शेयरभाउ २१.५ रुपैयाँले बढेर ७०४.५ रुपैयाँ पुगेको छ।

यसैगरी दोस्रो धेरै शेयरभाउ बढ्ने जीवन बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ। यो कम्पनीको शेयरभाउ १८ रुपैयाँले बढेर ५९०.१ रुपैयाँ पुगेको छ।

एसियन लाइफ उच्च शेयरभाउ वृद्धिको हिसाबले तेस्रो स्थानमा रहेको छ। आज कित्तामा ९.९ रुपैयाँ बढेर यो कम्पनीको शेयरभाउ ६७९.९ रुपैयाँ पुगेको छ।

उता निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको शेयरभाउ सर्वाधिक बढेको छ। यो कम्पनीको शेयरभाउ आज २८ रुपैयाँले बढेर १४ हजार ३०८ रुपैयाँ पुगेको छ।

त्यस्तै निर्जीवन बीमातर्फ दोस्रो सर्वाधिक शेयरभाउ बढ्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीको कित्तामा १८.९ रुपैयाँले बढेर ८१३.९ रुपैयाँ पुगेको छ।

शेयरभाउ वृद्धिको हिसाबले नेको इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। यो कम्पनीको शेयरभाउ ९ रुपैयाँले बढेर ८९५ रुपैयाँ पुगेको छ।

नेप्सेमा दुवै पुनर्बीमा कम्पनी अन्य समूहमा सूचीकृत रहेका छन्। जसमध्ये नेपाल रिको शेयरभाउ ३३.१० रुपैयाँले बढेर ७६३ रुपैयाँ र हिमालयन रिको २८ रुपैयाँले बढेर ६३८ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS