IME Life New

बीमा कम्पनीको ५१% ले बढ्यो साइबर सुरक्षामा लगानी, प्रिमियममा पनि उल्लेख्य वृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका बीमा कम्पनीहरुको साइबर सुरक्षा बजेट ५१ प्रतिशतले बढेको छ। मुडिज रेटिङले गरेको सर्भेमा सन् २०१९ देखि २०२३ सम्म विश्वका बीमा कम्पनीहरुको साइबर सुरक्षामा खर्च ह्वात्तै बढेको देखिएको हो।

मुडिजका अनुसार यो वृद्धि साइबर आक्रमणको बढ्दो आवृत्ति र थप कडा नियामकीय मागका कारण भएको हो। ‘एसिया प्रशान्त क्षेत्रमा साइबर सुरक्षा खर्च ४८ प्रतिशतले बढेको छ। यसले एसिया प्रशान्त क्षेत्रले बीमामा डिजिटल प्रविधिको प्रयोग अधिक अपनाउन थालेको प्रस्ट हुन्छ’, सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ, ‘बीमा कम्पनी र सम्पत्ति व्यवस्थापकहरुले बढ्दो क्रममा साइबर सुरक्षालाई बलियो बनाइरहेका छन्।’

Crest

एउटा प्रमुख उपाय यो हो कि लगभग ७८ प्रतिशत बीमा कम्पनीसँग स्ट्यान्डअलोन साइबर बीमा पोलिसी छन्। जसको कभरेज अमेरिकामा सबैभन्दा व्यापक छ। सर्वेक्षणमा सहभागी अमेरिका ९४ प्रतिशत उत्तरदाताले त्यस्ता पोलिसी लिएको बताएका छन्।

यसविपरीत एसिया प्रशान्त क्षेत्रका केवल २९ प्रतिशत कम्पनीले मात्र त्यस्ता खाले कभरेज प्रदान गर्ने गरेको सर्भेबाट पाइएको छ। कभरेजका प्रकारमा सामान्यतया साइबर आक्रमणबाट हुने व्यापार अवरुद्ध, फिरौती मागजस्ताका दाबी भुक्तानी समावेश हुन्छन्।

त्यसो त साइबर बीमा प्रिमियममा पनि उल्लेख्य वृद्धि भएको छ । सन् २०२० देखि २०२२ सम्म साइबर पोलिसीको प्रिमियम ७० प्रतिशतले बढेको सर्भे प्रतिवेदनमा उल्लेख छ। सर्भेमा सहभागी केही उत्तरदाताले साइबल बीमाको प्रिमियम अझै वृद्धि हुन सक्ने अनुमान गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS