IME Life New

बीमा ऐनका २ वटा दफामा संशोधन, के–के छन् नयाँ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनमार्फत बीमा ऐन, २०७९ मा पनि संशोधन गरिएको छ। यो ऐनमार्फत बीमा ऐनमा हाल रहेका २ वटा व्यवस्था परिमार्जन गरिएका छन्।

बीमा ऐनको दफा ६९ को उपदफा ३ मा भएको ‘प्राधिकरण तथा’ भन्ने शब्द हटाइएको छ। उक्त दफामा बीमकले गैरकानुनी रुपबाट रकम आर्जन गरी वा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरी बीमा गर्ने कुनै पनि व्यक्तिका बारेमा थाहा हुन आएमा वा शंका लागेमा सो कुरा लुकाउन वा त्यस्तो व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउनका लागि त्यस्तो बीमा लुकाउन, परिवर्तन गर्न, भुक्तानी गर्न वा सोको उत्पत्ति वा स्रोतसम्बन्धी जानकारी लुकाउने वा ढाँट्ने वा सोका लागि कुनै किसिमको सहयोग गर्नु नहुने व्यवस्था छ। यदि कसैले त्यस्तो गरेमा सोको जानकारी नेपाल बीमा प्राधिकरण तथा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्ने व्यवस्था थियो। संशोधित ऐनमा ‘प्राधिकरण तथा’ भन्ने शब्द हटाइएकोले अब राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा मात्र जानकारी गराउनुपर्ने व्यवस्था गरिएको हो।

Esewa
Crest

यसैगरी बीमा ऐनमा यसअघि रहेको दफा ७० को ठाउँमा नयाँ दफा ७० राखिएको छ। अब दफा ७० मा बीमांकीय मूल्यांकन गराउनुपर्ने व्यवस्था छ। जसअनुसार बीमा व्यवसाय गर्ने बीमकले प्राधिकरणको स्वीकृति लिई नियुक्त गरेको बीमांकीयबाट आफ्नो आर्थिक स्थिति, सम्पत्ति, दायित्व तथा वित्तीय स्थितिको मूल्यांकन गराउनुपर्नेछ। बीमांकीले दिएको मूल्यांकन प्रतिवेदनको एक प्रति बीमकले नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि दफा ७० मा रहेको परिपालना अधिकृत नियुक्त गर्नुपर्ने व्यवस्था ऐनबाट हटेको छ।

राष्ट्रपतिबाट गत चैत ३० गते प्रमाणीकरण भएको यो ऐन लागू भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS