IME Life New

बीमा ऐनः आफ्नैमा सम्पत्ति बीमा गर्न संस्थापकलाई छुट, साधारण शेयरधनीलाई बन्देज

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं।‌ प्रतिनिधि सभामा प्रस्तुत गरिएको बीमा ऐनमा निर्जीवन बीमा कम्पनीको साधारण शेयर खरिद गरेका शेयरधनीलाई त्यस्तो कम्पनीमा बीमा गर्नबाट बन्चित गर्ने प्रावधान समेट्न अर्थ समितिले सुझाव दिएको छ।

अर्थ समितिले पेश गरेको संशोधन प्रस्तावमा आधारभूत शेयरधनीको सम्पत्ति वा जोखिमको बीमा गर्न नहुने व्यवस्था गर्न सुझाएको छ। यस प्रावधानले अब संस्थापक शेयरधनीले आफ्नो लगानी भएको बीमा कम्पनीमा सम्पत्ति र दायीत्वको बीमा गर्न पाउने बाटो खुलाउने छ तर साधारण शेयरधनीलाई बन्देज गर्नेछ।

Crest

प्रस्तावित मस्यौदामा संस्थापक शेयरधनी,‌ संचालक, कर्मचारी, परामर्शदाता, लेखापरिक्षक वा निजको एकाघरको सदस्यको सम्पत्ति वा दायीत्वको बीमा गर्न नहुने उल्लेख छ।

समितिले संशोधन प्रस्तावमा कूल चुक्ता पूँजीको निश्चित प्रतिशत शेयर स्वामित्व लिएका वा लगानी गरेका संस्थापक वा साधारण शेयरधनीले आफूले शेयर लगानी गरेको बीमा कम्पनीमा बीमा गर्न नपाउने प्रावधान सुझाउनुको साटो कम्पनीको व्यवस्थापन र संचालक समितिलाई नै प्रभावमा पार्न सक्ने संस्थापकलाई उन्मुक्ति दिएको छ। खासै प्रभाव पार्न नसक्ने १०/२० कित्ते शेयरधनीलाई बन्देज लगाउने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS