IME Life New

बीमा उद्याेगमा वर्ष दिनमै थपियाे झण्डै आठ अर्ब चुक्ता पूँजी, चुक्ता पूँजीसम्बन्धी नयाँ प्रावधानले कति पुग्ला लगानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी बीमा उद्योगमा एक वर्षको अवधिमा बोनश शेयर र हकप्रद शेयरमार्फत् लगानीकर्ताले करिब ८ अर्ब रुपैयाँ चुक्ता पूँजी थपेका छन् । जीवन बीमा कम्पनीतर्फ ४ अर्ब ९४ करोड र निर्जीवन बीमा कम्पनीतर्फ २ अर्ब ९६ करोड रुपैयाँ सहित कूल ७ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पूँजी थप भएको हो । याे रकममा पूनर्बीमा कम्पनीमा थपिएकाे पूँजी समावेश गरिएकाे छैन ।

बीमा समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा जीवन बीमा कम्पनीहरुको कूल चुक्ता पूँजी ३८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । गत आवमा यो रकम १२.८१ प्रतिशतले वृद्धि भएर ४३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत आ.व.मा २ पूनर्बीमा कम्पनीबाहेक २० वटा निर्जीवन बीमा कम्पनी र १९ वटा जीवन बीमा कम्पनी संचालनमा रहेका थिए ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुमध्ये २०७६।७७ को लागी २०७८।७९ मा १० वटा जीवन बीमा कम्पनीले बोनश शेयर वितरण गरेका छन् । नेशनल लाईफ, नेपाल लाईफ, एलआइसी नेपाल, एशियन लाईफ, प्राइम लाईफ, सूर्या लाईफ, सानिमा लाईफ र ज्योती लाईफ इन्स्योरेन्सले बोनश शेयर घोषणा गरेका थिए । यीमध्ये एशियन लाईफ इन्स्योरेन्सले २०७६।७७ सम्मको संचित मुनाफाबाट सर्वाधिक २५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । त्यसैगरी सबैभन्दा न्यून ४.२ प्रतिशत बोनश शेयर सानिमा लाईफ इन्स्योरेन्सले वितरण गरेको थियो । बीमांकी मूल्यांकनका कारण जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण ढिलो गरी स्वीकृत हुने भएकाले बोनश घोषणा र साधारण सभा समेत निर्जीवन बीमा कम्पनीको तुलनामा ढिलो हुँदै आएको छ ।

त्यसैगरी निर्जीवन बीमा कम्पनीहरुबाट गत आ.व.मा २ अर्ब ९६ करोड रुपैयाँ बोनश शेयरमार्फत् थप पूँजी लगानी भएको छ । आ.व. २०७७।७८ को मुनाफाबाट २० मध्ये ११ वटा निर्जीवन बीमा कम्पनीले बोनश शेयर वितरण गरेका छन् । नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, आइएमई जनरल, प्रुडेण्सियल, सिद्धार्थ, एनएलजी र प्रभु इन्स्योरेन्सले बोनश शेयर वितरण गरेका थिए । यी कम्पनीमध्ये सर्वाधिक २० प्रतिशत बोनश शेयर सगरमाथा इन्स्योरेन्सले वितरण गरेको छ । निर्जीवन बीमकमध्ये सबैभन्दा थोरैमा आईएमई जनरल र प्रुडेण्सियल इन्स्योरेन्सले ७ प्रतिशतका दरले बोनश शेयर वितरण गरेका छन् । त्यसैगरी गत आ‍वमा शिखर इन्स्योरेन्सले ३० प्रतिशत, आइएमई जनरलले ४० प्रतिशत हकप्रद शेयर जारी गरेका थिए ।

बीमा समितिले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीले न्यूनत्तम ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने प्रावधान लागू गरेका कारण चालू आर्थिक वर्षभित्र उल्लेखनीयरुपमा पूँजी वृद्धि हुने अपेक्षा गरिएको छ।

बीमा समितिले प्रकाशन गरेको चुक्ता पूँजी सम्बन्धी तथ्यांक समितिले नै यसअघि प्रकाशन गरेको तथ्यांकसँग मेल खाँदैन । समितिले आ.व. २०७७।७८ को १७ वटा प्रमुख सूचकांक प्रकाशन गर्दा जीवन बीमकको चुक्ता पूँजी ३८ अर्ब २१ करोड र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS